२० जेष्ठ २०८०, शनिबार

मेरो हिरो, बा



घरबाट सुर्खेत जाँदै गर्दा बर्खाको झरी खप्दै घरी अग्ला रुखको ओत लाग्दै, खुड्किलो उक्लिदै गर्दा बा ले हात समातेर तान्दै भन्नु भाथ्यो, मैले त जिन्दगिमा यत्तिको सहारा पनि पाईन, मेरो बुवा त पढ्नु पनि भएको थिएन । जिद्धि गरेर म स्कुल गएको, बिहान स्कुल जाँदा नाम्लो लगेर जंगलमा लुकाएर साँझ फर्किदा एक ठुलो भारी घाँस लिएर फर्किनु पथ्र्यो । स्कुल जाँदा आउदा तीन घण्टा लाग्ने बाटो । त्यसरी दुःख गरेर पढ्नु भएका मेरा बा ले हाम्रा लागि धेरै कुराको बन्दोबस्त गर्नुभयो । म सम्झन्छु गाँउमा थोरै पाखो बारी र केहि मुरी फल्ने खेत भएका हामीलाई वर्ष दिन खान पुग्न पनि धौ–धौ थियो । चाडवाड बडो कष्टकर थिए । हामी एक निम्न वर्गीय परिवारका मान्छे थियाँै । त्यहाँबाट हामीलाई उठाएर दुःख महसुस हुन दिनु भएन । ओहो म त हराएछु, २०५९ साल मलाई नेपालगन्ज पढाउन लैजादै गर्दा म र बुवा पैदल यात्रा गर्दै सुर्खेत जादै थियाँै, त्यो बेला सुनाउनु भएको मलाई । भाग्य सबैभन्दा महत्वपूर्ण कुरा हो भाग्यमा भएको कुरामा थोरै मेहनत गरियो भने सजिलै सफल हुन सकिन्छ, बा भन्नुहुन्थो ।

एक पटक आमाले सुनाउनु भाथ्यो म जन्मेको साल बुवा जुम्ला पढ्नुहुन्थ्यो रे, अनि घरमा भैसी पनि नभएको, घरमा राम्रो खानेकुरा पनि नहुने । पाखो बारीमा लगाएको घैया त दुई महिना पनि अपुग हुने । बाजे बज्यैले जसोतसो कमाएको केहि पाथी मकै, गहुँ, कोदोले हाम्रो वर्ष धानिन्थ्यो । कमाउन सक्ने बा पढाईमा, सुत्केरी आफूलाई चाहिने खानेकुराको अभाव, गाउँमा पैचो चलाएर जसोतासो घर धान्ने आमा । बाहिर हुँदा बा ले जुम्लामा दाउरा चिर्ने काम गर्नुहुन्थ्यो रे अनि महिनाको पाँच सय कमाएर घरमा पठाउनु हुन्थ्यो रे, मलाई खानेकुरा र लुगा किन्नको लागि ।

सुर्खेत लोकसेवाको जाँचताका त्यहाँका एक सुब्बाले जागिर पक्का गरिदिने बाचा गरेछन्, तर बा सँग तिनलाई खुसी पार्ने हैसियत नभएको र त्यो त म सक्दिन हजुर भनेपछि रिसाउदै हिँडेका रे । त्यहि बेलाको जाँचमा बा पास भएर रेडियोमा नाम आएको र बुवा स्थाई जागिरे हुनुभएको ।

बुवाले एक पटक सुनाउनु भा थ्यो, जुम्ला पढाई सकेर सुर्खेत लोकसेवा परिक्षा दिन आउने तयारीमा थिए, तर म सँग गोजिमा एक रुपैया मात्र थियो । कुनै उपाय नदेखेर एयरपोर्ट बाहिर बसिरहेको थिए, प्राविधिक शिक्षालयका प्रमुखले ए कार्की जाँच दिन जाने होईन ? भनेर सोध्नु भो, जान त जाने हो सर तर प्लेन टिकटको पैसा छैन भन्दा उनले एयर पोर्टमा स्याउ लोड अनलोड गरिदिने सर्तमा टिकट काटेर सुर्खेत लगिदिएका रे । अनि आफूसँग भएको पैसाले स्याउ किनेर ल्याउनु भएको रहेछ । सुर्खेत लोकसेवाको जाँचताका त्यहाँका एक सुब्बाले जागिर पक्का गरिदिने बाचा गरेछन्, तर बा सँग तिनलाई खुसी पार्ने हैसियत नभएको र त्यो त म सक्दिन हजुर भनेपछि रिसाउदै हिँडेका रे । त्यहि बेलाको जाँचमा बा पास भएर रेडियोमा नाम आएको र बुवा स्थाई जागिरे हुनुभएको ।

आफू जागिरे भएपनि कृषिमा सधै रमाइरहनु भयो । अहिले लाग्छ बा लाई त्यो माटोसँग औधी प्रेम छ । अझै पनि ‘बा’ले आफै जोतखन गर्नुहुन्छ । तिनै माटोले रंगिएका लुगा लगाउनु हुन्छ । पहिला पहिला बा लाई यस्तो नलगाउनु यो काम नगर्नु भनिन्थ्यो, आज आफैलाई बाले गरेका हरेक काम प्रिय लाग्छन, बा को लुगाबाट आउने सुगन्धले मेहनतको बास्ना दिए जस्तो लाग्छ ।

त्यसपछि घरका दुःख केहि कम भए । आफू धेरै मेहनती र इमान्दार स्वभावको हुनुहुन्छ बा । हामीलाई सुख होस भनेर सधै दुःख गरिरहने बा । आफू जागिरे भएपनि कृषिमा सधै रमाइरहनु भयो । अहिले लाग्छ बा लाई त्यो माटोसँग औधी प्रेम छ । अझै पनि ‘बा’ले आफै जोतखन गर्नुहुन्छ । तिनै माटोले रंगिएका लुगा लगाउनु हुन्छ । पहिला पहिला बा लाई यस्तो नलगाउनु यो काम नगर्नु भनिन्थ्यो, आज आफैलाई बाले गरेका हरेक काम प्रिय लाग्छन, बा को लुगाबाट आउने सुगन्धले मेहनतको बास्ना दिए जस्तो लाग्छ । बा ले आफ्ना कुरा प्रष्ट राख्न समाजमा बोल्न सधै प्रेरित गरिरहनु भयो । बा ले कहिले पनि पढ्नका लागि हामीलाई दबाव दिनु भएन पढाइको महत्व बुझाईदिनु भयो । आफूले राम्रो नलगाई मिठो नखाई पनि हामीलाई राम्रो स्कुल, कलेजमा पढ्न पठाउनु भयो । बा को सधै एउटा गुनासो रहन्छ कि बाजे बज्यैको राम्रो हेरविचार गर्न पाईएन भन्ने । बाजे बजै अल्पायु मै बित्नुभयो, जतिबेला बा भर्खर संघर्ष गर्दै हुनुहुन्थ्यो ।

बा पादुका स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्थ्यो, म पन्चकोशी बोर्डिङ स्कुलमा नर्सरी कक्षामा पढ्दै थिए । एक पटक बा को कार्यालय जाने मौका मिल्यो । पहिलो पटक बा को हात समातेर सरकारी कार्यालय पुगेको म, त्यहाँ कार्यरत सबैले खुब माया गर्नुभयो । कुर्सी टेबल चट्ट मिलाएर राखिएका, सायद त्यहि देखि मोहित भए हुँला म सरकारी नोकरी देखी । हाम्रो घरबाट बा को कार्यालय झन्डै साढे दुई घण्टाको बाटो टाढा थियो । साँझ फर्किदा दुल्लुबाट झर्दै गर्दा वनमा बा ले मिठा गित गुनगुनाउनु भयो, एकान्त वनमा चराको चिरबिरसँगै सिठ्ठि बजाउनु भयो, त्यहि बेला थाहा भएको बा लाई धेरैको सोख रहेछ । सायद दुःखले बा लाई छोडेन । ती रहरहरू उमेरमा पुरा गर्नै पाउनु भएन ।

क्याम्पस पढ्दाको एक घटना सम्झन्छु, एक पटक बा ले मलाई भन्नुभा, कहि कतै साथीभाइसँग चिया खाजा खादा पैसा तिर्न पछि नपर्नु, छोरो मान्छे साथीभाई माझ खुम्चिएर बसेको सुहाउदैन । त्यसो गरियो भने पछि परिन्छ ।

क्याम्पस पढ्दाको एक घटना सम्झन्छु, एक पटक बा ले मलाई भन्नुभा, कहि कतै साथीभाइसँग चिया खाजा खादा पैसा तिर्न पछि नपर्नु, छोरो मान्छे साथीभाई माझ खुम्चिएर बसेको सुहाउदैन । त्यसो गरियो भने पछि परिन्छ । मैले त्यहि कुराबाट सिके जस्तो लाग्छ कि मैले साथीभाई थुप्रै बनाए, राम्रा साथी बनाए, क्याम्पस ताका त नेता बन्ने पनि उधुम कोशिष पनि गरियो । हामी जो कोहीलाई पनि समाजका चरित्र समाज बुझाउने पढाउने हामी सबैको बा ले नै हो । आफू नपढेको भएपनि छोरा छोरी पढुन्, केहि गरुन भन्ने पवित्र चाहना मात्र हुन्छ प्रत्यकको ‘बा’हरूमा । स्वार्थ बिनाको लगानी त्यो कहि छ भने बा को छ, आफ्ना छोराछोरी माथि । मेरो यो समाजलाई हेर्ने आँखी झ्याल बा हुनुहुन्छ, बा मात्र एक यस्तो साथी हो जो आफू खुड्किलो बनेर आफ्नो सन्तान सफल भएको हेर्न चाहान्छ । हो त्यस्तै हुनुहुन्छ मेरो बा, मेरो हिरो बा ।।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको