३ आश्विन २०८०, बुधबार

नेपाल पक्षको महिला संघको भेला आजदेखि शुरु



६ चैत, काठमाडौं । नेकपा एमालेको माधव–झलनाथ समूहको अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आयोजना गरेको छ। दिउँसो १२ बजे कालीमाटीस्थित एक पार्टी प्यालेसमा हुने भेलाको वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

भेलामा देशभरबाट एक हजारभन्दा धेरै कार्यकर्ता सहभागी हुने एमाले बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले बताइन्। पार्टीभित्र विकिसत घटनाक्रमबारे महिलाहरुलाई जानकारी दिने उद्देश्यले भेला आयोजना गरिएको शाक्यको भनाइ छ।
सो समूहले हिजो मात्रै आफू पक्षीय कार्यकर्ताको दुई दिने राष्ट्रिय भेला सम्पन्न गरेको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको