११ असार २०७९, शनिबार

भारतमा नेपाली महिलाको गोली हानी हत्या



६ चैत, एजेन्सी । भारतमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित न्यू अरुणा नगर क्षेत्रमा श्रीमानका साथ व्यवसाय सञ्चालन गर्दै आएकी ४५ वर्षीया महिलाको बुधबार गोली हानी हत्या भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार मोटरसाइकलमा दुई जनाको संख्यामा आएका हतियारधारीले ती महिलालाई गोली प्रहार गरेको उल्लेख गरिएको छ । उनको नाम मीनामा तामाङ भएको र नेपालको ठेगाना नुवाकोट भनिएपनि थप खुलाइएको छैन । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले भने यसबारे कुनै जानकारी आइनसकेको जनाएको छ ।

प्रहरीले अभियुक्तको पहिचानका लागि सीसीटीभी फुटेजको अध्ययन भइरहेको भन्दै छिट्टै पक्राउ पर्ने जनाएको छ । मीनाले सो स्थानमा पतिसँग खाजा र पेय पदार्थको पसल सञ्चालन गर्दै आएकी थिइन् ।

उच्च प्रहरी अधिकारीका अनुसार बुधबार बिहान ७ बजेतिर मीनाले पसल खोलेलगत्तै दुई अपरिचित व्यक्ति मोटरसाइकलमा आएर एकाएक गोली प्रहार गरेका थिए । छातीमा गोली लागेपछि ढलेकी उनलाई नजिकैको हस्पिटल पठाइएपनि चिकित्सकले मृत घोषित गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको