२० जेष्ठ २०८०, शनिबार

आजै जापानमा उड्ने कारको सफल परिक्षण



१२ भाद्र, काठमाडौं । तपाइँहरुलाई कारमा उड्न पाउँदा कस्तो लाग्ला ? अझ कर्णाली जस्ता बाटो नभएको ठाउँ वीरेन्द्रनगरबाट अफिसमा काम गरेर बेलुका आधा घण्टा कारमा उडेर डोल्पा या हुम्ला पुग्न पाउँने कुरा केही वर्ष मै सम्भव होला ? के अब पहाडी भाग तिर जान बाटो नै आवश्यक नपर्ने दिन हाम्रै कालमा देख्न पाइएला ? जापानी कम्पनीले यसलाई सम्भब बनाउदै छ ।

जापानको स्काइ ड्राइभ कम्पनीले उड्ने कारको परिक्षण गरेको छ । आजै मात्र मान्छेसहित गरिएको परिक्षणमा उक्त कार १ देखि २ मिटरको उचाइमा ३ मिनेटसम्म उड्न सकेको थियो ।
यसको नेतृत्व गरिरहेका टोमोहिरो फुकुजावाका अनुसार एउटा सुरक्षित उड्ने कार सन् २०२३ सम्म तयार गर्न सकिने छ । यो ५ देखि १० मिनेट उड्न सक्छ र यसलाई ३० मिनेट उड्ने बनाउन सकिनेछ । यो हेलिकप्टर जस्तो होइन । यसलाई आवश्यकता अनुसार विभिन्न स्थानमा बसाल्न सकिने बनाउन आवश्यक छ ।

यदि यसको मुल्य १० मिलियन डलर भएमा कसैले किन्दैन । केवल १० मिनेट उड्ने भयो भने पनि कसैले किन्दैन । आकासबाट खस्ने भयो भने पनि कसैले किन्दैन । यसमा टोयोटा पानासोनिक लगायतका अन्य कम्पनीहरूको पनि लगानी छ । डेभेलपमेन्ट बैंक जापानबाट ३७ मिलियन डलर यस परियोजनाका लागि थप प्राप्त भएको छ । आज अमेरिका र चीनबीच मात्र टेक्नोलोजी प्रतिष्पर्धा छैन । जापान प्रविधिकै एउटा महत्वपूर्ण नेतृत्वकारी देश हो । ऊ पनि प्रविधिहरुको अग्र विकासमा नेतृत्व गरिरहन चाहन्छ ।

जेटसन भिजन अनुसार २०२३ सम्म जापानले उड्नेकारलाई विजेनेशका लागि तयारी गर्नेछ । सन् २०३० सम्म यसलाई बजारमा ल्याउने तयारीमा छ । उड्ने कार निर्माणको प्रतिस्पर्धामा अमेरिकी र जर्मन कम्पनीहरु पनि लागिरहेको भएता पनि जापानले यसमा अग्रता हासिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको