६ आश्विन २०७८, बुधबार

लक्ष्मी खड्काको ‘ढुङ्गो तालमा खस्यो’ गीतमा भाग्यको अभिनय (भिडियोसहित)



५ फागुन, काठमाडौं । सामाजिक सञ्जालमा गाएको गीत सर्वत्र रूचाइएपछि चर्चा कमाएकी नव गायीका लक्ष्मी खड्का र शक्ति गोदारको स्वरमा ‘ढुङ्गो तालमा खस्यो’ बोलको दोहोरी गीत सार्वजनिक भएको छ । बिहिबार लाइमलाइट नेपाल यट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

राजकुमार बस्नेतको शब्द र चन्द्रमान तामाङको संगीत रहेको दोहोरीमा राजेन्द्र बज्गाइँको संगीत संयोजन छ ।

गीतको भिडियोमा रिया खड्का, रती खड्का, सुजनबाबु गुरुङ, रञ्जित मगरलगाएतका कलाकारको साथमा चर्चित युट्युबर भाग्य न्यौपानेको समेत अभिनय हेर्न सकिन्छ ।

राज पोखरेलको छायाँकन र हिम्मत चैसिरको सम्पादन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर सम्पादन छ । लाइमलाइट नेपालले निर्माण गरेको भिडियोको निर्देशन देवेन्द्र कुँवरको गरेका हुन् ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको