२१ मंसिर २०७८, मंगलवार

कांग्रेस नेता कोइरालाको निधन



५ चैत, काठमाडौं । कांग्रेस नेता अशोक कोइरालाको गएराति विराटनगरमा ७८ वर्षको उमेरमा निधन भएको छ । अशोक पूर्व प्रधानमन्त्री स्वः सुशील कोइरालाका भाइ हुन् । निमोनियाले सताएपछि कोइरालालाई विराटनगरस्थित न्यूरो अस्पतालमा तीन दिनअघि उपचारका लागि भर्ना गरिएको थियो ।

गएराति १ बजे उपचारका क्रममा कोइरालाको निधन भएको मोरङका कांग्रेस सचिव नागेश कोइरालाले बताए । अहिले उनको शव विराटनगरस्थित घरमा राखिएको छ । दिउँसो हाटखोलास्थित समसाम घाटमा अन्त्येष्टी गरिने छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको