कोरोना महामारीकैबीच जापानी प्रधानमन्त्री आबेको राजिनामा
१२ भाद्र, काठमाडौं । जापानी प्रधानमन्त्री सिन्जो आबेले पत्रकार सम्मेलन गरी राजिनामा दिने बताएका छन् । जापानी सञ्चार माध्याम एनएचकेलगायत अन्य न्युज एजेन्सिले यो कुरा पुष्टि गरेका छन् ।
उनी प्रधानमन्त्रीका रूपमा अर्काे नेतृत्व चयन नहुँदासम्म बस्नेछन् । पार्टीका उच्च पदस्थ अधिकारीहरुसँग छलफल गरी प्रधानमन्त्री आबे राजिनामा दिने टुङ्गोमा पुगेका हुन् ।
सन् २००७ मा पनि यस्तै स्वास्थ्य संकट हुँदा पनि आबेले राजिनामा दिएका थिए । २०१२ मा उनको लिवरल डेकोट्रेटिक पार्टीले अत्याधिक मतसहित जीत हासिल गरेपछि उनी पुन सत्तामा आएका थिए । यही गृष्म देखि उनको स्वास्थ्यमा समस्या आएकोले आबे स्वास्थ्य चेकअपका लागि अस्पताल गएका थिए । केही दिन अघि सिएनएन्ले जस्तोसुकै अप्ठ्यारो अवस्थमा पनि आबले काम गर्ने समाचार प्रकाशित गरेको थियो ।
जापानिज संस्कृतिमा यसलाई गाम्बारु भनिन्छ । विपक्षीबाट स्वास्थ्यका कारण काम गर्न नसक्ने भन्ने आलोचना भएपछि आबेले गाम्बारू अर्थात राजिनामाका लागि प्रयास गर्ने बताएका थिए । उनी ६५ बर्षका पुगे । बढी कामको तनावका कारण प्रधानमन्त्री आबेको स्वास्थ्य अवस्था बिग्रेको अनुमान गरिएको छ । कोरोना भाइरस र बाढीको सङ्कट परेको जापानमा उनी लगातार १४७ दिन खटेका थिए ।
उनले आफ्नो कालमा जापानमा राजनीतिक स्थिरता कायम गरेका थिए । उनको कार्यकालमा आर्थिक मन्दि सम्हालियो, महिलालाइ बढीभन्दा बढी कामको क्षेत्रमा ल्याउने नीति ल्याइयो, जनताको बचतलाई लगानीमा परिवर्तन गरियो । आबे सरकारले कार्यन्वयन गरेको यस्तो नीतिले अर्थतन्त्रमा सकारात्मक परिवर्तन पनि ल्यायो । यसलाई आबे इकोनोमिक्सको नाम समेत दिइयो ।
जापानका लिवरल चिन्तन गर्ने जनताहरू भने उनले जापानको शान्तिपूर्ण संविधान परिवर्तन गरी सैन्यकरण गर्न खोजेकोमा आलोचना पनि गर्दछन् । यस्तो नीति शान्तिपूर्ण जापान र यसको विकास नीति विरुद्ध हुने आलोचकहरूको ठम्याइ छ । कोरोना महामारी पछि जापानको अर्थतन्त्रमा केही तनावहरु देखा परेका छन् । यसमाथि आबे भूराजनीतिक तनावमा पनि थिए । चीनसँग अर्थतन्त्रका लागि ब्यापारिक सहकार्य एकतर्फ आवश्यक थियो भने अर्काेतर्फ अमेरिकाको क्वाड ९त्तगबम० मा सहभागिताको प्रश्न र अमेरिका जापान बीचको सुरक्षा प्रबन्ध पनि पेचिलो प्रश्न थियो । जापानको राजनीतिमा यो एउटा तनावको विषय हो ।
आबे २००३ मा जापानी लिवरल डेमाक्रेटिक पार्टीको महासचिव बनेका थिए । उनकी परिवार आकी आबे पनि राजनीतिमा संलग्न छिन् । आकी पनि बेलबेलामा आवेका नीतिहरुमा प्रति टिप्पणी गर्ने गर्दछिन् ।