१२ जेष्ठ २०८०, शुक्रबार

भारतसँगको सीमा केही दिनभित्र खुल्ने



५ चैत, काठमाडौं । दक्षिणका सीमा नाकाबाट दुई दिनभित्रै पूर्ववत् रुपमा यात्रुबाहक सवारी साधन आउजाउ गर्न पाउने भएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीरगञ्जबाट आएको व्यवसायी र पत्रकार टोलीसँग सो जानकारी दिएका हुन् । ‘सीमा खोल्नुपर्छ भन्नेमा हामी पहिलेदेखि नै सकारात्मक छौँ । सीमा नखुल्दा समस्या भयो भन्ने कुरा होटल व्यवसायीबाट आइरहेको छ ।

बिहीबार बस्ने सीसीएमसी (केन्द्रीय कोभिड–१९ व्यवस्थापन केन्द्र) को बैठकबाट यस विषयमा निर्णय गर्नेछौँ,’ ज्ञापनपत्र बुझेपछि मन्त्री पोखरेलले भने, ‘कोरोनाको संक्रमणको दौरान बाध्यात्मक अवस्थामा बन्द गरिएको थियो । अब अवस्था सामान्यतर्फ उन्मुख छ, नयाँ प्रोटोकल जारी हुन्छ, सीमा खुल्छ ।’

कोरोना भाइरसको संक्रमण रोक्न गत वर्ष चैत ११ गते सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको थियो । सरकारले पछिल्लो समय सीमा नाकाबाट पैदल यात्री र मालबाहक सवारी आउजाउ गर्न दिए पनि यात्रुबाहक सवारीको आवागमन बन्द छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको