१५ मंसिर २०७८, बुधबार

एमालेको संसदीय दलको बैठक ११ बजे, माधव पक्ष सहभागी होला ?



५ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी बिहीवार बिहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरिएको हो ।

बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सचेतक भट्टराईले भने, ‘बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई पनि खबर भएको छ ।’

उनका अनुसार नेपाल पक्षका सांसदहरुले बैठकमा आउने–नआउने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, उनले सबै सांसदहरु बैठकमा आउने विश्वास व्यक्त गरे ।

आजको बैठकमा माधव–झलनाथ पक्षका सांसदहरु जाने सम्भावना भने कम रहेको छ । सो पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आजसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको