५ आश्विन २०७८, मंगलवार

कर्णाली प्रदेश सरकार : एमालेको ओली पक्षले लियो समर्थन फिर्ता



५ चैत, सुर्खेत । सर्वोच्चको फैसलापछि सत्तासमिकरण परिर्वतन शुरु हुन थालेको छ । त्यसको पहिलो प्रभाव कर्णाली प्रदेशमा देखिएको छ । गत दशैंताका नै पार्टी एकीकृत रहेकै अवस्थामा सरकार फेर्ने असफल प्रयास भएको थियो ।

त्यतिबेला जेनतेन सरकार ढल्नबाट जोगिए पनि अहिले फेरि एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल समूह सरकार ढाल्न लागिपरेको हो । तर, एमालेकै माधव नेपाल पक्ष भने महेन्द्र बहादुर शाही नेतृत्वको माओवादी सरकारलाई नै निरन्तरता दिने पक्षमा देखिएको छ ।

बुधबार बसेको केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत गरेको छ ।

बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गर्नुका साथै अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको छ। बैठकमा एमाले प्रदेश इञ्चार्ज कँडेल सहित १० जना सांसदहरु सहभागी थिए । कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै अब प्रक्रियाबाट नयाँ सरकार गठनमा लागिने बताए ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ओली पक्षले गरेको निर्णयप्रति आफूहरुको आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । माधव नेपाल पक्षका उनले बुधबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रिया सम्मत नभएको प्रष्ट पार्न चाहन्छौँ ।’

ज्वालाले औपचारिक सूचना नदिई बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरु प्रति आफूहरुको असहमति रहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको