जो बाइडेनलाई किम जोङ उनकी बहिनीको कडा चेतावनी
४ चैत, एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनीले अमेरिकलाई धम्की दिएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आफ्नो कोरिया नीति सार्वजनिक गर्न उनले माग गरेकी छन् । किम यो जोङले अमेरिकाले आफ्नो भूमिमा बारुदको गन्ध फैलाउन खोजेको आरोप लगाउँदै यो अस्थिरताको कारक बन्न सक्ने चेतावनी दिएकी हुन् ।
अमेरिकाले दक्षिण कोरियासँग संयुक्त अभ्यास गरेर उत्तर कोरियमाथि हमलाको प्रयास गरेको उनको दाबी रहेको छ । अमेरिकाले उत्तर कोरियामा माथि हमलाको प्रयास गरेपनि त्यसलाई सफल हुन नदिने उनले बताएकी छन् ।