मिथिला माध्यमिकी मेलाका लागि सार्वजनिक बिदा
४ चैत, महोत्तरी । जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेलाका लागि आज सार्वजनिक बिदा घोषणा गरेको छ ।
जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो ।
मिथिला माध्यमिकी यात्राको पाँचौँ दिन आज राम–सीताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि शुरु भएको छ ।
मिथिला माध्यमिकी परिक्रमा यस भेगको महान धार्मिकयात्रा र लोक परम्परा भएको हुँदा उत्सव मनाउन सार्वजनिक बिदा घोषणा गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।