२० जेष्ठ २०८०, शनिबार

जिप दुर्घटनामा ४ जनाको मृत्यु



४ चैत, काठमाडौं । मंगलबार सिन्धुलीमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि ७ जना घाइते भएका छन् । सदरमुकामबाट कमलामाई नगरपालिका—७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा कमलामाई—७का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रिता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनिष श्रेष्ठ रहेका छन् । घाइते ७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको