४ आश्विन २०८०, बिहीबार

म सँग व्यवहार…



मसँग व्यवहार त केही फरक गर्नु नि
मलाई गर्ने प्यार त केही फरक गर्नु नि

उनै घुर्की नखरा, उनै कटाक्ष मात्रै छन्
ममाथी अत्याचार त केही फरक गर्नु नि

था भो वचनको वाण यति घातक हुँदोरैछ
फूलले हानी प्रहार त केही फरक गर्नु नि

संकोचको डोरीले बाँधे पनि मुटुलाई
मौनताले सत्कार त केही फरक गर्नु नि

अरुझैं लोभी नठानेर यी आँखालाई
मेरो सामु श्रृङ्गार त केही फरक गर्नु नि


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको