२० जेष्ठ २०८०, शनिबार

चौधरी ग्रुपका मालिक विनोद चौधरीलाई कोरोना सङ्क्रमण पुष्टि



१२ भाद्र, काठमाडौं । चौधरी ग्रुपका मालिक एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

चौधरीले ट्वीटमार्फत् आफुलाई शुक्रबार कोरोना पोजेटिभ देखिएको बताएका छन् ।

कोरोनाका कुनैपनि लक्षण नदिखीएरै आफुलाई कोरोना पोजेटिभ देखिएको उनले ट्वीटमा उल्लेख गरेका छन् । चौधरीले लेखेका छन्, ‘चिकित्सकको सल्लाहअनुसार म अहिले आइसोलेशनमा बसिसकेको छु ।’

चौधरीले आफुसँग सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरूलाई सचेत रहन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको