वामदेवको समूहको बैठक ११ बजे
३ चैत, काठमाडौं । नेकपा एकता अभियानको केन्द्रीय सम्पादन समितिको बैठक आज बस्ने भएको छ । बिहान ११ बजेपछि बल्खुमा रहेको एक पार्टी प्यालेसमा बैठक बस्न लागेको गौतमको सचिवालयले जनाएको छ ।
नेकपा विभाजित अवस्थामा पुगेपछि गौतमले पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेका थिए । नेकपापछि अहिले एमाले नै फुटको अवस्थामा पुगेको भए पनि गौतमले भने एकता अभियान जारी राखेका छन् ।