२० जेष्ठ २०८०, शनिबार

दलीय झगडामा अल्झियो संसद्, आजको बैठकमा पनि शोक प्रस्ताव मात्रै



३ चैत, काठमाडौं । पुनर्स्थापित संसद सत्तारुढ दलको आन्तरिक कलहको सिकार बनेको छ। दुईवटा बैठक बसे पनि कुनै एजेन्डा प्रवेश गर्न पाएको छैन। मंगलबार बस्‍ने बैठकमा पनि कुनै बिजनेस छैन र शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा राखिएको छ।

मंगलबारको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा पूर्वसांसद दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने मात्र उल्लेख छ। २०७० सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बाँके २ बाट यादव निर्वाचित भएका थिए । २०७७ माघमा यादवको निधन भएको थियो ।

यसअघि फागुन २६ गतेकै बैठक पनि पूर्व र बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर सकिएको थियो।

पुनर्स्थापित पहिलो बैठकमा पनि प्रधानमन्‍त्री अनुपस्थित थिए भने दोस्रोपटक बैठकमा पनि उनी सहभागी भएनन्। सर्वोच्च अदालतको आदेशअनुसार फागुन २३ गते बसेको पुनर्स्थापित संसदको पहिलो बैठक सुरु नहुँदै प्रधानमन्‍त्री ओली बाहिरिएका थिए।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको