३१ भाद्र २०८०, आईतवार

प्रचण्डलाई ओलीको फोन, गरे यस्तो प्रस्ताव !



चैत ३, काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर भेट्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार बिहान प्रचण्डलाई फोन गरेर तत्कालै भेट्न प्रस्ताव गरेका हुन् ।

‘भेट्न पर्यो परिस्थिति नयाँ छ’, ओलीले फोनमा भनेका थिए ‘बरु आजै भेटौँ ।’ जवाफमा प्रचण्डले आफु मिटिङमा भएकाले तत्काल भेट्न असम्भव रहेको जनाएका थिए । ‘अहिले म मिटिङमा व्यस्त छु । मिटिङहरु सकिएपछि भेटौँला’ भन्ने जवाफ दिएका थिए ।

प्रचण्डले भेट्न आनाकानी गरेपछि ओलीले पुन दोहोर्याएर भनेका थिए, ‘हैन अलि चाँडो भेट्नुपर्यो । सकभर आजै भेट्न समय मिलाउनुहोला । नभए पनि भोलिसम्म त भेट्नै पर्यो’ बालुवाटार स्रोतका अनुसार ओली र प्रचण्डबीच करिव ३ मिनेट कुराकानी भएको थियो ।

प्रचण्डले नेकपा बैठकमा १९ पन्ने राजनीतिक प्रस्ताव पेश गरेपछि ओली प्रचण्डबीचको सम्बन्ध बिग्रँदै गएको थियो । पछिल्लो पटक गत पुस दोस्रो साता ओलीले प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न फोन गरेपनि त्यसयता उनीहरुबीच संवाद भएको थिएन ।

ओलीले सोमबार बिहान पहिला आफ्नो सचिवालयका सदस्यहरूबीच छलफल गरेर प्रचण्डलाई फोन गरेका थिए । तर, प्रचण्डको नीजि सचिवालयले भने ओली प्रचण्ड फोन वार्ताबारे आफुहरु अनविज्ञ रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको