१ आश्विन २०८०, सोमबार

हरिश कल्पितको कथा संग्रह ‘ग्याब्रियले’ सार्वजनिक



२ चैत्र, काठमाडौं । कथाकार हरिश कल्पितको कथा संग्रह ‘ग्याब्रियले’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच कल्पितको कथासंग्रह ‘ग्याब्रियले’ सार्वजनिक गरिएको हो ।

कथाकार कल्पितकी आमा प्रेमकुमारी सुवेदीको ८६औँ जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । कथाकारकी आमा प्रेमकुमारी सुवेदी र वरिष्ठ पत्रकार भैरव रिसालले कथा संग्रह सार्वजनिक गरेका थिए ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा ज्ञानु अधिकारी तथा नवराज तिमिल्सिनाले कथा संग्रह ग्याब्रियलेका बारेमा समालोचकीय मन्तव्य राखेका थिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले कथाकार कल्पितले आमाको जन्मदिनमा सदैव जीवन्त रहने उपहार प्रदान गरेकोमा खुसी व्यक्त गरे ।

२७५ रुपैयाँ मूल्य रहेको ‘ग्याब्रियले’मा १३ वटा कथा संग्रहित छन् । ‘ग्याब्रियले’अर्थात ईश्वर नै मेरो शक्ति भन्ने यूरोपियन बालिकाको नामबाट कथा संग्रहको नाम जुराइएको र यो सत्य घटना भएको कथाकार कल्पितको भनाई थियो । लामो समयदेखि जापान बसाइमा रहेका कथाकार कल्पितले त्यहाँ रहँदा प्राप्त विभिन्न विदेशी पात्रहरूको कथाव्यथा समेटेर कथा लेखिएको बताए ।

सामाजिक घटनाक्रमको यथार्थ चित्रण गरिएको कथा संग्रह ‘ग्याब्रियले’ले समाजमा घट्न सक्ने नकारात्मक घटनाप्रति सजग गराउन सन्देश दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको