२२ जेष्ठ २०८०, सोमबार

नवगायक प्रसिद्धको ‘भन्दैछ मन’ सार्वजनिक (भिडियोसहित)



२ चैत्र, काठमाडौं । नवगायक प्रसिद्ध चुँडालको आफ्नै संगीत र स्वरमा पहिलो गीत ‘भन्दैछ मन’ सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलबाट प्रिमियर गरिएको गीतको भिडियो यही शुक्रबार सार्वजनिक गरिएको हो ।

प्रसिद्ध चुँडाल र बिरोध बुर्लाकोटीको शब्द रहेको यस गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

सफ्ट मेलोडीमा आधारित यस गीतको म्युजिक भिडियोमा मिहारिका आचार्य र कविर खड्काको अभिनय रहेको छ । भिडियोको स्क्रिप्ट विबेक सुबेईले तयार पारेको हुन् भने यसमा शरद महतोको छायाँकन तथा आलोक शुक्लाको फोटोग्राफी निर्देशन छ । नबिन निरौलाले सम्पादन रहेको ‘भन्दैछ मन’ भिडियो निर्देशन प्रवेश पौडेलले गरेका हुन् ।

निकै बर्षको मेहनत पछि नेपाली सांगितिक क्षेत्रमा केही योगदान गर्ने सोचका साथ ‘भन्दैछ मन’ श्रोतासामु ल्याएको गायक प्रसिद्धले रारापाटीलाई जानकारी दिए । उनले भने, ‘अब दोस्रो प्रोजेक्टको रुपमा युवा लेखक मिलन संग्रौलाको चर्चित उपन्यास ‘पपर्ला’ को थिममा आधारित रहेर लेखक संग्रौलाकै शब्दमा रचित गीत ‘रहर पनि बन्छ व्यथा’ लाई आफ्नै संगीत र स्वरमा बजारमा ल्याउने तयारीमा छु ।’

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको