‘साइँली’ पछि गौरवको अभिनयमा हृदयविदारक गीत ‘लाहुरे’ सार्वजनिक (भिडियोसहित)
२ चैत्र, काठमाडौं । ‘साइँली’ गीतमा अभिनय गरेपछि चौतर्फी तारिफ बटुलेका युवा नायक गौरव पहाडीको अभिनयमा परदेशीको कथा बोल्ने गीत ‘लाहुरे’को भिडियो सार्वजनिक भएको छ ।
एशियन म्युजिकबाट शुक्रबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा चन्द्रसिंह घलेको शब्द/संगीत छ । चन्द्रसिंह घले र रानी शाक्यको स्वर रहेको ‘लाहुरे’मा गौरव पहाडी र लक्ष्मी बर्देवाको अभिनय हेर्न सकिन्छ । मनमा धेरै रहरहरू मारेर बाध्यताले परदेशीएका युवाहरूको कथाबस्तु भिडियोमा समेटिएको छ ।
गीतको भिडियो एसियन म्युजिकले निर्माण गरेको हो । उत्सव दाहालको छायाँकन र भावना थापाको सह–निर्देशन रहेको ‘लाहुरे’ को भिडियो सम्पादन र निर्देशन समेत निशान कश्यपले गरेका हुन् ।
भिडियो हेर्नुहोस् :