चन्द्रागिरीमा ट्रिपर पल्टिँदा चालकको मृत्यु
चैत २, काठमाडाैं । काठमाडौंको चन्द्रागिरीमा ट्रिपर पल्टिँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ ।
गएराति चन्द्रागिरी नगरपालिका–२ मसिने भीरमा मसिनेबाट ग्राबेल बोकेर बाणभञ्ज्याङका लागि छुटेको प्रदेश २–०३–००१ क ५९९ नम्बरको ट्रिपर पल्टिँदा चालक मकवानपुर भीमफेदी–२ का २५ वर्षका विनोद बलको ज्यान गएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।