१५ मंसिर २०७८, बुधबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता



चैत २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच सोमबार करिब डेढ घण्टा भेट भएको छ ।

बालुवाटारले नियमित भनेको यो भेटमा मुख्यतः मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझीएको छ ।

प्रधानमन्त्री ओली साँझ ७ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । उनी करिब साढे ८ बजे त्यहाँबाट निस्किएका थिए ।

आफ्नो नेतृत्वको सरकार अल्पमतमा पर्न सक्ने र नयाँ सरकारका लागि विभिन्न दलहरुबीच छलफल चलिरहेका बेला ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

प्रधानमनत्री ओली राष्ट्रपतिसँग परामर्शमा व्यस्त रहँदा एमाले नेताहरु माधव नेपाल र झलनाथ खनाल भने हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा व्यस्त थिए ।

प्रधानमन्त्री केपी ओलीसँग मिल्न नसक्ने निष्कर्ष निकालेको माधव–झलनाथ समुहले आकिस्मक रुपमा प्रचण्डसँग भेटघाट गर्नुलाई वाम एकताको गृहकार्यको रुपमा हेरिएको छ ।

हिजो पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै प्रचण्ड र नेता नेपालबीच कोटेश्वरस्थित नेपाल निवास नजिकै एक घरमा लामो छलफल भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको