१ आश्विन २०७८, शुक्रबार

विवाह गर्छु भनि करणी गरी गर्भ बोकाएको आरोपमा एक जना पक्राउ



चैत २ , पर्सा । विवाहको प्रलोभन देखाएर किशोरीमाथि करणी गरी गर्भ बोकाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१० का ३० वर्षीय रमेश हजरा पासवान रहेका छन् ।

पासवानले १७ वर्षीय किशोरीलाई विवाह गर्छु भनी होटेलमा लिएर पटक–पटक करणी गरी गर्भ बोकाएको आरोप छ । घटनाको बारेमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

२८ गते पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको