‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ कुमार बस्नेत र प्रकाश गुरूङलाई
१ चैत्र, काठमाडौं । यस वर्षको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ वरिष्ठ लोक गायक कुमार बस्नेत र वरिष्ठ संगीतकार प्रकाश गुरूङलाई प्रदान गरिने भएको छ ।
भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरको संयुक्त आयोजनामा उक्त सम्मान प्रदान गरिने भएको हो ।
नेपाली गीत संगीतको क्षेत्रमा अनवरतत रूपमा पुर्याएको योगदानलाई उच्च मुल्याङ्कन गरी गायन तर्फ वरिष्ठ लोक गायक कुमार बस्नेत र वरिष्ठ संगीतकार प्रकाश गुरूङलाई सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानका सञ्चालक तथा लोकप्रिय गायक/संगितकारद्वय सत्य–स्वरूपराज आचार्यले रारापाटीलाई जानकारी दिए । सत्य–स्वरुपले भने, ‘श्रष्ठालाई दोसल्ला, ताम्रपत्रसहित नगद ५०–५० हजारले सम्मान गरिनेछ ।’
यहि चैत्र १४ गते आयोजना गरिने एक विशेष सांगितिक कार्यक्रममा बिच गायक बस्नेत र संगीतकार गुरूङलाई उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
भक्तराज आचार्य संगीत प्रतिष्ठानले स्थापनाकालदेखि नै हरेक वर्ष नेपाली गीत/संगीत क्षेत्रका विशिष्ठ श्रष्ठाहरूलाई सम्मान गर्दै आएको छ ।