माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज, यी नेतालाई कारबाही गर्ने तयारी
चैत १, काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै छ ।
हिजो (शुक्रबार) बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ।
आज बस्ने केन्द्रीय कमिटीको बैठकले त्यो निर्णय गर्न सक्ने सम्भावना छ।
हिजो शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज चैत १ गते केन्द्रीय समितिको बैठक राख्ने यसअघिको निर्णय अनुमोदन गरेको थियो भने भोलि चैत २ गते गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भने स्थगन गरेको छ।