१७ आश्विन २०८०, बुधबार

‘संविधान, संसद्, नेकपापछि ओलीले अब एमाले भत्काउन लागे’



चैत १, काठमाडौं । लेखक एवम् साहित्यकार खगेन्द्र संग्रौलाले संविधान, संसद्, नेकपापछि प्रधानमन्त्री केपी शर्मा ओली अब एमाले भत्काउन लागिपरेको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गर्दै पहिलेकै दुई दल ब्युँताइदिएपछि यसका नेताहरू अहिले आआफ्नै पुराना पार्टीमा फर्केका छन् ।

यसै क्रममा एमाले अध्यक्ष ओलीले नेकपा हुँदा प्रचण्डसँग मिलेका झलनाथ खनाल र माधव नेपाल पक्षका सबैका पद र जिम्मेवारी खोसेपछि यो पार्टीभित्र ठूलो विभाजन देखापरेको छ ।

ओलीले गरेको निर्णय अवैधानिक भन्दै खनाल–नेपाल पक्षले एमालेभित्र समानान्तर कमिटी नै बनाएको छ। जसले गर्दा एमाले लगभग फुटको अवस्थामा पुगेको आकलन गर्न थालिएको छ।

यसै सन्दर्भमा साहित्यकार संग्रौलाले यसअघि धेरै कुरा भत्काएका ओलीले अब एमाले भत्काउने थालेको टिप्पणी गरेका हुन्।

https://www.facebook.com/khagendrasangroulabelakoboli/posts/277530510411472

प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको