२२ जेष्ठ २०८०, सोमबार

ओली पक्षले निर्णय खारेज नगरेसम्म नेपाल पक्ष बैठकमा नजाने



चैत १, काठमाडौं । नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकतर्फी निर्णय खारेज नभएसम्म बैठकमा जान नसकिने बताएका छन् ।

ज्ञवालीले बालुवाटारमा गुटको भेला गरेर बसेका बैठकको निर्णय सुनाउने बैठकमा जानुको कुनै अर्थ नहुने बताएका हुन्। उनले भने– ‘यो मेरो व्यक्तिगत धारणा हो । हामीले ४ र ५ गते राष्ट्रिय भेला बोलाएका छौ । त्यो भेलाले निर्णय गर्छ भन्ने हो । ’

पार्टीको विधान बिपरित गरिएका निर्णयहरु मान्न नसकिने बताउँदै बैठकमा सबैलाई समेटेर लैजाने हो भने ओली गुटले गरेका निर्णय खारेज गर्नुपर्ने उनको जोड छ ।

शुक्रबार ओली पक्षले एकतर्फी रूपमा केन्द्रीय कमिटी बैठक राखेर विधान संशोधन गर्ने, माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकालाई जिम्मेवारी दिने र खनाल(नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको