२१ जेष्ठ २०८०, आईतवार

माओवादी केन्द्रले मन्त्रिपरिषदमा गएका मन्त्रीलाई फिर्ता बोलायो



फागुन २९, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ ।

केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्त्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले हिजो एमालेले माओवादी केन्द्रका २३ जना नेतालाई केन्द्रीय सदस्य बनाएका नेताहरुले पार्टी परित्याग गरेको हो अथवा होइन २४ घण्टाभित्र लिखित जानकारी गराउन निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला स्थागित गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको