१६ श्रावण २०७८, शनिबार

काठमाडौं आउँदै गरेको बस ट्रकसँग ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते



फागुन २९, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।

झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ८९ नम्बरको ट्रक शनिबार बिहान ठोक्किँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बस चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ का ३५ वर्षीय मदन कुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५ वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनीलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बस चालक थापा र सुनीलकुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएकाको हेटौंडामा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु