१६ श्रावण २०७८, शनिबार

माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक, यी हुन् एजेन्डा



फागुन २९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । शुक्रबार नेपाली कांग्रेस तथा जसपासँग सत्ता सहकार्य गर्ने विषयमा भएको छलफल सकारात्मक दिशामा अघि बढेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

देशको पछिल्लो राजनीतिक घटनाक्रम तथा यसबाट उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल तथा झलनाथ खनाल पक्षीय नेतालाई गरेको कारबाहीपछिको अवस्थाबारे समेत छलफल हुने बताइएको छ।

साथै, बैठकले माओवादी केन्द्र छाडेर एमालेमा गएका नेतालाई कारबाही गर्नेबारे समेत निर्णय हुने सक्ने ती नेताले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु