१६ श्रावण २०७८, शनिबार

कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, ओलीलाई असफल पारिनेछ : भुसाल



२८ फागुन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीले एकलौटी ढङ्गले चालेको कदमप्रति विरोध जनाउदै कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न नदिइने बताएका छन् ।

भुसाललले महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने र माधवकुमार नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई असफल पारिने बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उपमहासचिव भुसालले लेखेका छन्, ‘केही बर्षदेखि मैले ओलीजीको सामथ्र्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै आउनुभएको छ । आजको घटनाबाट उहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ । तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ : कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ ।’

ओलीले माधव नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोस्नुका साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल समूहका २२ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले आफ्नो पक्षका नेताहरूको बैठक राखेर दशौं महाधिवेशनको मिति समेत तोकिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु