६ आश्विन २०८०, शनिबार

बाँस्कोटाको टिप्पणी : २२ प्रतिशत पनि नपुग्नेले गुटको भेला गरेर धम्की ?



फागुन २८, काठमाडौं । पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता गोकुर बाँस्कोटाले एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दै गर्नु सोह्रै आना गलत भएको टिप्पणी गरेका छन् ।

शुक्रवार एक ट्वीट गर्दै नेता बाँस्कोटाले हिजोको गल्तीको आत्मालोचना त कता हो कता उल्टै गुटको भेला गरेर संस्थापनलाई धम्की दिएको भन्दै वरिष्ठ नेता माधव नेपालप्रति असन्तुष्टि जनाएका छन् ।

उनले मुद्दा हारेको झगडियाले २४ घन्टा बर्बराउनु ठिकै भएपनि बाह्र महिना नै बर्बराउनु घामडपन भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, माधव नेपाल पक्षमा ४३ प्रतिशत नभई २२ प्रतिशत पनि नपुग्ने जिकिर गरेका छन् ।

यस्तो छ उनको ट्वीट

मुद्दा हारेको झगडियाले २४ घण्टा बर्बराउनु ठिकै हो तर वाहृ महिना वाहृैकाल बर्बराउनु चै घामटपन। एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी गर्नु सोहृै आना गलत।हिजोको गल्तीको आत्मालोचना त कताहोकता उल्टै गुटको भेलाबाट संस्थापनलाई धम्की ? ४०% होईन २२% पनि पुग्दैन।वाहियात !


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको