२० जेष्ठ २०८०, शनिबार

बालुवाटारमा ओली र जसपाका नेताबीच तीन घण्टा छलफल, किन गएनन् डा. भट्टराई ?



फागुन २८, काठमाडौं । हिजो साँझ जसपाका शीर्ष नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएर छलफल गरेका छन् । सरकारले सत्ता सहकार्यबारेमा छलफल गरेको हो । छलफलमा जसपाले आफ्ना पुरानामा सर्त राखेको छ ।

प्रधानमन्त्री ओलीसँग झन्डै ३ घण्टा भएको छफलमा जसपाले रेशम चौधरीको रिहाइ, मधेस र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा खारेज र संविधान संशोधन हुनुपर्ने पुरानै माग दोहोर्‍याएको हो।

यसमा प्रधानमन्त्री सकारात्मक भएको छलफलमा सहभागी जसपा नेता राजेन्द्र महतोले जानकारी दिए ।

बिहीबार बसेको जसपाको पदाधिकारी बैठकले राजनीतिक दलहरूसँग उच्च तहमा संवाद गर्ने निर्णयबमोजिम अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्ण बिहीबार साँझ बालुवाटार पुगेका हुन्।

तर त्यस छलफलमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने थिएनन्। पहिले उनी पनि जाने निर्णय भएको थियो। तर अन्तिम समयमा नगएका हुन्।

जसपा स्रोतका अनुसार स्वास्थ्य समस्याका कारण डा. भट्टराई बालुवाटार नगएका हुन्।

दिनभर पार्टीको बैठकलगायत गतिविधिले थाकेको भन्दै अन्तिम समयमा उनले प्रधानमन्त्रीसँग छलफल गर्न जाने कार्यक्रम रद्द गरेको स्रोतले जनाएको छ।

साथै पार्टीका अन्य नेता गएपछि आफू गइरहन खासै जरुरी पनि नभएको भनेर आफ्ना नेताहरूकैै सल्लाहअनुसार उनी बालुवाटार नगएको बताइन्छ।

उसो त डा। भट्टराई प्रधानमन्त्री ओलीको सबैभन्दा बढी आलोचना गर्नेमध्ये एक नेता पनि हुन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको