डेढ लाख घुससहित कर अधिकृत समातिए
फागुन २७, जनकपुर । आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत घुससहित पक्राउ परेका छन् । कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्ण सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासका अनुसार स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबै जना पक्राउ परेका हुन् ।
दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारका अधिकारीहरुको भनाइ छ । पक्राउ परेका दुबै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।