१५ आश्विन २०८०, सोमबार

वर्तमान सरकारलाई जोगाउन एमाले एकढिक्का हुनुपर्छ : झलनाथ खनाल



२६ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् ।

नेता खनालले आगामी दुई वर्ष नै वर्तमान सरकार जोगाउन सत्तारूढ दल एमाले एकढिक्का भएर लाग्ने धारणा राखेका हुन् ।

संसद भवन परिसरमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुई वर्ष जानुपर्छ भन्ने म चाहन्छु ।’

तीन वर्षपछि पुनः नेकपा एमालेको सांसद बन्दा कस्तो अनुभव भइरहेको छ भन्ने जिज्ञासामा खनालले आफूलाई बडो रमाइलो लागेको बताए ।

सर्वोच्चको फैसालापछि कानुनी रूपमै छुट्टीएको एमाले र माओवादी केन्द्रको सांगठनिक संरचना नै २०७५ जेठ ३ अघिको अवस्थामा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको