१५ मंसिर २०७८, बुधबार

नेपाल-खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुन्छ : सुवास नेम्वाङ



२६ फागुन, काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई पार्टीमा सम्मानजनक व्यवहार गरिने बताएका छन् ।

संसद भवन परिसरमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै उपनेता नेम्वाङले नेपाल–खनाल पक्षलाई सम्मानजन व्यवहार गरिने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल–खनाल पक्षप्रति कडा टिप्पणी सार्वजनिक गर्दै आएका बेला नेम्वाङले सन्तुलित धारणा राखेका छन् ।

प्रेस सल्लाहकार थापाको उग्र टिप्पणीलाई कसरी लिनुभएको छ भन्ने जिज्ञासामा नेम्वाङले थपे, ‘त्योचाहिँ प्रेस सल्लाहकारजीलाई गएर सोध्नुस् ।’

नेकपा नामको पार्टी पहिले नै ऋषि कट्टेलको नाममा दर्ता भएकाले उक्त नाममा गरिएको एमाले र माओवादी केन्द्र एकिकरण बैधानिक नभएको सर्वोच्च अदालतको फैसालापछि राजनीति २ वर्ष अगाडिको अवस्था पुग्यो । नेकपा एमाले र माओवादी केन्द्र कानुनी रूपमै अलग भएपछि माधव नेपाल पक्ष एमाले मै रहेर विधिसम्वत सङ्घर्ष गर्ने निष्कर्षमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको