१७ श्रावण २०७८, आईतवार

डब्लुडब्लुइका चर्चित रेस्लर यसरी बने महिला



२६ फागुन, काठमाडौं । डब्लुडब्लुइका चर्चित रेस्लर टेलर रेक्स महिला बनेका छन् । उनले आफू ट्रान्सजेण्डर भएको बताउदै सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अब महिलाको पहिचानमा रहने जानकारी दिएका छन् ।

इन्स्टाग्रममा लामो स्टाटस पोस्ट गर्दै उनले आफु महिला बन्नुको रहस्य स्पष्ट पारेका छन् । सन् २००९ देखि २०१४ सम्म रेस्लिङमा सक्रिय रेक्सले पूर्व डब्लुडब्लुइ स्टारदेखि बडीबिल्डर, फिटनेस गुरु, मोटरसाइकल रेसर हुँदै महिलाको यात्रा तय गरेका छन् ।

रेक्सका अनुसार उनको मनमा कैयौं वर्षदेखि एउटा भित्री लडाइँ चलिरहेको थियो जसबाट अब उनले जीत पाइसकेका छन् । २०१४ मा परिवारलाई समय दिन भन्दै रेस्लिङ छोडेका रेक्स अन्तः आफ्नो लिङ्ग परिवर्तन गर्दै महिलाका रूपमा सार्वजनिक भएका छन् ।

उनले गएको ८ महिना आफ्नो जीवनको सबैभन्दा कठिन समय रहेको बताएका छन् । उनले आफ्नो वास्तविकता सार्वजनिक रुपमा कसरी बताउने भनेर निकै ठुलो तनाव हुने गरेपनि अब ति सम्पूर्ण मनभित्रका अप्ठ्याराबाट मुक्ति पाएको बताएका छन् ।

एक अन्तरवार्तामा उनले आफूले १० वर्षको उमेरमा आमाको कपडा लगाएर हेर्ने गरेको पनि बताएका थिए । भित्री भावना बुझेर महिलामा रूपान्तरण हुन आफ्नी पत्नीले सबैभन्दा ठूलो सहयोग गरेको रेक्सले उल्लेख गरेका छन् । स्रोत : एजेन्सी

इन्स्टाग्राम पोष्ट :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु