दुध खुवाउने आमाले विष खुवाउदा ८ महिने शिशुको मृत्यु
ईन्द्र प्रकाश शाह
१२ भाद्र, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ गणेशबस्तीमा आफ्नै आमाले विष खुवाउदा ८ महिने शिशुको ज्यान गएको छ । स्थानीय २४ वर्षीया निर्मला रानाले सल्फास् नामक विष खुवाएपछि नाबालक शिशुको मृत्यु भएको हो ।
विष खुवाइएका शिशुको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ ।
नाबालक शिशुलाई विष खुवाएर आफुले पनि विष सेवन गरेकी निर्मलाको अहिले धनगढिस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए ।
घटना किन र के कारणले भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।