१७ श्रावण २०७८, आईतवार

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त



फागुन २६, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरमा दुई जनालाई नियुक्ति गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कार्यकारी निर्देशकद्धय निलम ढुंगाना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

यसअघि गभर्नर महाप्रसाद अधिकारीले १७ मध्ये ४ जना कार्यकारी निर्देशकको नाम अर्थ मन्त्रालयका सिफारिस गरेका थिए ।

गएको साता पाँच बर्षे कार्यकाल पूरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले अनिवार्य अवकास पाएपछि केन्द्रीय बैंकको डेपुटी गभर्नर पद रिक्त थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु