२१ मंसिर २०७८, मंगलवार

४ जना बच्चासहित आमा कर्णालीमा, हात बाँधिएको अवस्थामा भेटियो शव



दैलेख, फागुन २६ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेका छन् ।

आठबिस नगरपालिका– ३ निमाइलकी सुकु बडुवाल आइतबार राति चार सन्तानसहित कर्णाली नदीमा हामफालेका हुन् ।

आमा सुकु बडुवाल र उनका आठ वर्षीय छोरा ललितको शव मंगलबार दिउँसो फेला परेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले बताए । उनीहरूको शव जालले बेरिए जस्तो कपडाले बेरिएको अवस्थामा भेटिएको छ ।

त्यस्तै, छोरीहरू १५ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव सोमबार साँझ अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ स्थित कर्णाली नदीमा भेटिएको थियो । जलारीले जाल हाल्ने क्रममा उनीहरूको शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । हात बाँधिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ ।

अर्की छोरी पाँच वर्षीया रजनी अझै बेपत्ता छिन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । कर्णाली नदीमा गोताखोर टोलीसमेत परिचालन गरिएको छ । शवको प्रकृति हेर्दा परिवारमा हिंसा वा अन्य पीडा धेरै भएर सामूहिक आत्महत्या गरेको अथवा कसैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सुकुको आर्थिक अवस्था कमजोर रहेको र त्यसमाथि श्रीमान् मानसिंह बडुवालले निरन्तर यातना दिने गरेको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको