२७ बैशाख २०७८, सोमबार

तिम्रो मर्मको रक्षार्थ



तिम्रो सम्झनालाई शक्ति बनाएर
विरताको ईतिहास रक्षार्थ
दृढ़ताका मुठि उचालेर
न्याय र समानताको लागि
लडिरहेकै छौं अहोरात्र
तिम्रो प्रेरणाको पटुकि कसेर
निरंकुशताको बिरुद्ध बन्दुक बोकेर
तानाशाहलाई घोडाबाट खसालेकै हो
संसार हल्लाउने गरी
आकाश धर्ति थर्काउने गरी
रक्तस्नान गर्दै
एउटा अर्को
अभूतपूर्व ईतिहास सृजेकै हो

साक्षि छन् सगरमाथाको देशमा
शहिदहरूका शहासिक कथाहरू
नपत्याए बन्दुक सँगै बच्चा बोक्ने
बिरङ्गनाहरूलाई सोधे हुन्छ
जिउदा ईतिहासहरू
हजारौं घाईतेहरूलाई सोधे हुन्छ
आफ्ना र आफन्त गुमाउनेहरूलाई
सोधे हु्न्छ
सोधे हु्न्छ
क्रान्तिका राता सिपाहिहरूलाई
अभेद्य फलामे किल्लाहरूलाई
हो अत्याचारको जालो च्यातेकै हो
मात्र तिम्रो सम्झना लाई उर्जा बनाएर
अर्को ईतिहास सृजिएकै हो

तर एक दिन मात्र
तिम्रो नामको सम्झनामा
कदापि आत्मरति गरेर
अरु जस्तै बस्न सक्दैनौ हामी
ईतिहाँसका हत्याराहरू को
देखासिकि बन्न पनि
तिमि सक्छौ कसरी ?
आज भोली
ठेला उठेका हातहरूका
आत्महरू दुखाउदै
उत्पिडकहरू तिम्रो नामको
मुठि उठाउछन
लज्जा लुकाएर
बेसरमहरू
तिम्रो नामको
ब्यापार गरीरहेका छन्
ब्यानरका अक्षरहरूलाई
आलिसान होटेलरूमा
बौद्धिक बिलासिताको बिज्ञापन
बनाईरहेका छन् त

तिथि र मितिमा मात्र
तिम्रो याद गर्न सक्दैनौ हामी
हर पल तिम्रो मर्मको रक्षार्थ
हर दिन तिम्रो सन्देशमा संकल्पित हुँदै
असमानताको पर्खाल फोड्न
अत्याचारका सांग्ला तोड्दै
क्रान्तिको हसिया र हठौडा
उठाईरहेछौं !
तिम्रो भावनालाई समृद्ध गर्न
निरन्तर तिरन्तर
लडिरहेछौं !

(सन्दर्भ : अन्तर्राष्ट्रीय श्रमिक महिला दिवस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु