२२ जेष्ठ २०८०, सोमबार

मणि थापाले ओलीको साथ नछोड्ने



फागुन २४, काठमाडौं । प्रचण्डको साथ छोडेर केपी शर्मा ओलीमा लागेका मणि थापाले प्रचण्डलाई साथ नदिने बताएका छन् ।

गत पुस ५ गते संसद विघटनको निर्णयसँगै प्रचण्ड समूहबाट ओली समूहमा खुलेका थापाले पार्टी एकताको मर्म अनुसार ओलीको साथ नछोड्ने बताएका हुन् ।

सर्वोच्चको फैसला जस्तो आएपनि राजनीतिक निर्णय लिने अधिकार आफुहरुलाई नै भएको उनको भनाई छ ।

प्रचण्ड समूहमा रहेका माधव नेपाल पक्षका नेताहरु समेत ओली नेतृत्वको नेकपा एमालेमा आउने तयारी गरिरहेका बेला खानेपानीमन्त्री थापाले ओलीको साथ नछोड्ने बताएका हुन् । उनले आफु मात्रै नभएर प्रचण्ड समूहबाट ओली समूहमा प्रवेश गरेका कुनै पनि नेताहरुले ओलीको साथ नछोड्ने संकेत गरे।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता बदर गरिदिएको छ । नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलाई दिने फैसलासँगै सर्वोच्चले एमाले र माओवादीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काइदिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको