७ आश्विन २०८०, आईतवार

प्रचण्ड–नेपाल पक्षको बैठकबाट बाहिरिए भुसाल



फागुन २४, काठमाडौं । प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् ।

४ बजेबाट शुरु भएको बैठकबाट भुसाल बाहिरिएका हुन् । उनी बाहिरिएपनि अहिले बैठक जारी रहेको छ । भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिने भने मानेनन् ।

यसअघि नेपाल पक्षको बैठकले एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेका छन् ।

नेपालनिकट स्थायी कमिटी सदस्यहरुबीच सोमबार नयाँ बानेश्वरको एक होटलमा भएको छलफलमा ‘अब एमालेभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेको एक नेताले बताए।

‘अदालतको आदेशलाई सम्मान गर्दै एमाले पार्टीभित्रै रहेर आफ्नो असहमतिलाई निरन्तर रुपमा अघि बढाउने निष्कर्ष निकालेका छौं,’ माधव नेपालनिकट एक नेताले भने, ‘एमाले भनेको हामीले बनाएको पार्टी हो। त्यसभित्रै रहेर संघर्ष गर्ने हो। जस्तो परिस्थिति आउँछ सामना गर्दै जाने हो।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको