३ आश्विन २०८०, बुधबार

बहिनीलाई अझै जाँतो छोड्दैन…



जडता र भ्रमले हार्ने कसरी हो ?
दिवसले फरक पार्ने कसरी हो ?

बहिनीलाई अझै जाँतो छोड्दैन
भाइहरुमा त्यो सार्ने कसरी हो ?

गाउँमा रुढी उस्तै, विभेद उस्तै छ
जर्जर छ अन्याय मार्ने कसरी हो ?

भो बाबु छोडिदेउ आमाले भन्नुभो
एक्लैले समाज सुधार्ने कसरी हो ?


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको