माधव नेपाल समूहको बैठकले निकाल्यो यस्तो निश्कर्ष
फागुन २४, काठमाडाैं । नेकपाको माधव कुमार नेपाल समूहका नेताहरुको आन्तरिक छलफल सम्पन्न भएको छ। सर्वोच्च अदालतको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारे नेपाल समूहका नेताहरुको आज (सोमबार) काठमाडौंको नयाँ बानेश्वरस्थित् अर्याल होटलमा बसेको थिए ।
‘आन्तरिक लोकतन्त्र कसरी कमजोर भयो, त्यसमा को जिम्मेवार थियो, जनताले जसरी मत दिएका थिए त्यसप्रति हाम्रो दायित्व के हो, त्यो मतको महत्व के हो ? भन्ने जस्ता आधारभूत विषयमा हामीले समीक्षा गर्यौं,’ घनश्याम भुसालले भने, ‘तर, कुनै विशेष निष्कर्ष वा निर्णय गरिएको छैन।’
माधवकुमार नेपाल पक्षका झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, राजेन्द्र पाण्डे, रघुजी पन्त, वेदुराम भुसाल लगायत नेकपाको स्थायी समिति सदस्य थिए।
बैठकसकिएपछि अहिले प्रचण्ड–नेपाल समूहको बैठक पेरिसडाँडामा चलिरहेको छ ।