२८ बैशाख २०७८, मंगलवार

महिलाको सुरक्षा, सम्मान र आन्दोलन


दिपेन्द्र बि.सी ‘दिपु’
२४ फाल्गुन २०७७, सोमबार

लिङ्ग भेद र पितृ सत्ताको भुमरीमा परेको समाजलाई प्रतिशतको अधिकारको लडाइँले भन्दा प्रगतिशील बिचार, व्यवहार र क्रान्तिको बिगुलले समतामुलक समाज निर्माण गर्न सकिन्छ ।

नेपालमा जुन किसिमले महिला अधिकारको क्षेत्रमा रणनीति, योजना, कार्यक्रमहरू तर्जुमा गरिन्छ त्यो अनुसार सुरक्षा, सम्मान र रोजगारको अवस्थामा खासै सकारात्मक परिवर्तन हुन सकिरहेको छैन । दिनहुँ महिलाहरू हत्या, हिँसा, यौन दुव्र्यवहार, शोषण, बलात्कार, एसिड आक्रमण, कुटपिट र बेइज्जतको सिकार बन्न पुगेको खबर सुनिरहेका हुन्छौं । जहाँ मानता र समातामुलक समाज हुन्छ त्यहाँ समृद्धिका लहरहरू चम्किन्छ्न, कुनै भेद, विभेद रहँदैन सबैले सबैको सम्मान गर्छन । तर यहाँ जात, वर्ग, वर्ण र लिंगको भेदले स्थान लिँदा हामी बिकासको मोर्चामा पछाडि परेका छौँ । जुन ठाउँमा कानुन छ र कानुनको निष्पक्ष कार्यान्वयन गरिएको हुन्छ त्यहाँ नागरिकको सुरक्षा हुन्छ, एकअर्काप्रति सम्मानजनक व्यवहार हुन्छ, बिकासको गतिले तिब्रता लिन्छ । तर हाम्रा देशका महिलाहरू दिनदहाडै बलात्कृत हुने, यौन दुर्ववहारमा पर्ने, हिँसामा पर्ने, बेस्याबृतिमा फस्ने परिस्थिती यथावत छ । निर्मला पन्त, सम्झना बि.क, भागिरथी भट्ट जस्ता चेलीको बलात्कार गरि हत्या हुने क्रम बढदो छ । मुस्कान खातुन झैँ धेरै महिला एसिड आक्रमणको सिकार भएका छ्न । यि त दृश्यमा देखिएका घटनाहरू भए तर अदृश्यमा यस्ता कयौँ कहालीलाग्दा घटनाहरू अधिकांशले सहेरै मौन बसेको अवस्था छ । अहिले साइबर अपराधिहरूबाट शोषण भोगिरहेका महिला झन बढदो क्रममा छ्न ।

जनयुद्ध तथा जन–आन्दोलनको सफलतापश्चात नेपालमा महिला राष्ट्रपति बन्न पुगे, महिला प्रधान न्यायाधीश बन्न पुगे, महिला सभामुख बन्न पुगे । तर उहाँहरू सम्मानिय स्थानमा पुग्नसाथ महिला आन्दोलन सफल भएको ठान्नु बिल्कुलै भ्रम हुनेछ । देशका अन्य महिलाहरू पनि त्यो स्थानसम्म पुग्ने वातावरण राज्यले तयार गरेको छ कि छैन ? प्रयासको स्वरुप कस्तो छ भन्ने कुराले मध्यनजर गर्छ । अमेरिकीमा अहिलेसम्म कुनै महिला राष्ट्रपति नभएपनि लैंगिक स्वतन्त्रता छ । महिलाहरूलाई स्वतन्त्रता छ । महिला अधिकारको आभास सम्माननीय पदमा महिला पुगेर मात्रै हुने हैन । पुरुष महिला दुबैमा सम्मानजनक बिचार र व्यवहारले हुने हो ।

नेपालको विगतको राजनीतिक आन्दोलनसँगै महिला आन्दोलनले महिला अधिकार र लैंगिक समानताको क्षेत्रमा ठुलो योगदान पुर्याएको छ । राणा शासनको अन्तय, राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापनामा धेरै महिला नेतृहरुले आन्दोलनको नेतृत्व गर्नुभएको थियो े। मंगलादेवी सिंह, सहाना प्रधान, स्नेहलता श्रेष्ठ, हिरादेवी तुलाधर लगायतका थुप्रै महिला नेतृत्वहरुले महिला आन्दोलनको सशक्त नेतृत्व गर्नुभएको थियोे । जनयुद्ध तथा जन–आन्दोलनको सफलतापश्चात नेपालमा महिला राष्ट्रपति बन्न पुगे, महिला प्रधान न्यायाधीश बन्न पुगे, महिला सभामुख बन्न पुगे । तर उहाँहरू सम्मानिय स्थानमा पुग्नसाथ महिला आन्दोलन सफल भएको ठान्नु बिल्कुलै भ्रम हुनेछ । देशका अन्य महिलाहरू पनि त्यो स्थानसम्म पुग्ने वातावरण राज्यले तयार गरेको छ कि छैन ? प्रयासको स्वरुप कस्तो छ भन्ने कुराले मध्यनजर गर्छ । अमेरिकीमा अहिलेसम्म कुनै महिला राष्ट्रपति नभएपनि लैंगिक स्वतन्त्रता छ । महिलाहरूलाई स्वतन्त्रता छ । महिला अधिकारको आभास सम्माननीय पदमा महिला पुगेर मात्रै हुने हैन । पुरुष महिला दुबैमा सम्मानजनक बिचार र व्यवहारले हुने हो ।

नेपालमा ३३ प्रतिशतको महिला आरक्षणको व्यवस्थाले, ५० प्रतिशतको सहभागीताको व्यवस्थाले, अधिकार प्राप्ति त भएको छ तर जिम्मेवारीको निर्वाहमा महिला कति सक्षम रहे ? भन्ने सवाल उतिकै उठिरहेको पनि छ । आरक्षणबाट ओहोदामा पुगेका महिलाहरूले अन्य महिलाको अधिकारको निम्ति, लैंगिक समानता कायम गर्न कस्तो भुमिका खेलेका छन् भन्ने कुरा मुख्य हो । आज संसदमा, संघीय, प्रदेश तथा स्थानीय सरकारमा, राज्यका हरेक निकायमा महिला सहभागीताको संख्या संविधान बमोजिम छ तर तिनै क्षेत्रमा पुगेका महिलाहरूको सुरक्षा र सम्मानको स्थिति दुखदायक छ । केही बर्ष अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी एकल महिला भएकै कारण जनकपुरको रामजानकी मन्दिरमा पुजा गर्न जाँदा त्यहाँ विरोध गरियो । पाप पखालौँ भन्दै त्यहाँका पुजारीहरूले पानीले उहाँले टेकेको ठाउँ पखाले । विरोध गर्नेलाई कारबाही गरिएन । राष्ट्रपतिलाई त सम्मान भएन, उहाँ मौन बस्नुभयो भने अन्य आम महिलाको अवस्था के होला ?

साँच्चिकै भन्ने हो भने पितृ सत्तालाई स्वयं महिला अधिकारको लागि आन्दोलन गर्ने, पितृ सत्ता मुर्दावाद भन्ने आन्दोलनको उपलब्धिमा रमाएका कतिपय महिलाहरू स्ययमले अंगालिरहेको अवस्था छ । जसले पितृ सत्ताको बाहिर चर्को निरोध गरेका छन तिनै महिला भित्रीरूपमा आफुबाट छोरा नजन्मिदा दुःखी छ्न । छोरा नजन्मिदा सौता कमाउन विवश छ्न, सम्बन्ध विच्छेद गर्न विवश छ्न, छोरा र छोरी दुबै भएको खण्डमा छोरिको भन्दा छोरालाई महंगो स्कुल, महंगो बन्दोबस्तमा व्यस्त छन । छोरीले कसैसँग बोल्नुहुन्न, वादप्रतिवाद गर्नुहुन्न भन्ने संस्कार सिकाउँछन तर छोरा भने उग्र स्वतन्त्रतासँगै लक्का जवान हुँदा अर्काकी छोरी चेलीलाई जिस्काउने, बलात्कार गर्ने, महिला हिँसा गर्ने अवस्थामा पुगेका हुन्छन । महिला अभियन्ता भनिनेहरू नै यस्तो पितृ सत्ताको भुमरीमा परेर नारिबादको खोक्रो बिचार मात्रै बोक्नु बेकुफी हुन्छ ।

प्रतिशतको अधिकारको मागको लडाइँले महिलालाई अधिकार र अवसर प्राप्त भएता पनि एउटै क्षेत्रमा समान अनुपातको काम गर्दा, राम्रो काम गर्दा पनि किन पुरुष सरह सम्मान र ज्याला पाउन सकिरहेका छैनन ? किन आफ्नो कार्य क्षेत्रमा नै सुरक्षित महसुस गर्न पाएका छैनन ? किन उनीहरूको क्षमता तथा योग्यता माथी, चरीत्र माथि बारबार प्रश्न चिन्ह खडा भएका छ्न ? उच्च शिक्षा हासिल गरेका, रोजगारको अवसर पाएका, महिला अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरू समेत बलात्कारको र यौन दुव्र्यवहारको सिकार भएका छन । किन प्रतिशतको अधिकारको लडाइँले महिलाले सम्मान र सुरक्षा पाउन सकिरहेका छैनन् ? भन्ने सन्दर्भ आजको महत्त्वपूर्ण बिषय हो ।

प्रतिशतको अधिकारको मागको लडाइँले महिलालाई अधिकार र अवसर प्राप्त भएता पनि एउटै क्षेत्रमा समान अनुपातको काम गर्दा, राम्रो काम गर्दा पनि किन पुरुष सरह सम्मान र ज्याला पाउन सकिरहेका छैनन ? किन आफ्नो कार्य क्षेत्रमा नै सुरक्षित महसुस गर्न पाएका छैनन ? किन उनीहरूको क्षमता तथा योग्यता माथी, चरीत्र माथि बारबार प्रश्न चिन्ह खडा भएका छ्न ? उच्च शिक्षा हासिल गरेका, रोजगारको अवसर पाएका, महिला अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरू समेत बलात्कारको र यौन दुव्र्यवहारको सिकार भएका छन । किन प्रतिशतको अधिकारको लडाइँले महिलाले सम्मान र सुरक्षा पाउन सकिरहेका छैनन् ? भन्ने सन्दर्भ आजको महत्त्वपूर्ण बिषय हो । यसले गर्दा अझै पनि महिला अधिकार तथा लैंगिक समानताका निम्ति महिला आन्दोलन हुनु आवश्यक छ । संख्या पुर्तिले महिला अधिकार प्राप्त भएपनि लैंगिक समानता छ भन्ने भ्रममा पर्नु हुँदैन । राज्यले लैंगिक विभेद गर्ने, महिला हिंसा गर्ने र यौन दुर्ववहार गर्ने, बलात्कार गर्ने अपराधीहरूलाई कडा कारबाही गर्नुपर्छ । कडा कानुन निर्माण गर्नुपर्छ । राज्यका जिम्मेवारी क्षेत्रमा पुगेका महिलाको सुरक्षा र सम्मानको अवस्था चिन्ताजनक छ भने करोडौं नेपाली महिलाहरू जो घरको भान्सामा सिमित छ्न । उनको सुरक्षा, सम्मान र रोजगारको स्थिति के होला ? यथार्थ हाम्रै समाज अगाडी झल्झल्ती छ ।

बलात्कार हुँदा नि मौन बस्ने, गाउँ समाजमै मिलाउने, श्रीमानबाट कुटपिट हुँदा, हिंसा हुँदा पनि भगवान सरह श्रीमानको पुजा गर्ने, अपमान र हिंसाको पीडा बोकेर संस्कारी महिलाको पहिचान राख्न खोज्ने, न्यायको माग गरे इज्जत गुमेको ठान्ने प्रचलन व्याप्त छ । लिंग भेद र पितृ सत्ताको भुमरीमा परेको समाजलाई प्रतिशतको अधिकारको लडाइँले भन्दा प्रगतिशील बिचार, व्यवहार र क्रान्तिको बिगुलले परिवर्तन गर्न सकिन्छ ।

महिला असुरक्षा र लैंगिक असमानताको कारण पुरुष मात्रै होइनन् । महिला भएर महिलाको निम्ति काम गर्ने मौका पाएका महिलाहरू पनि दोषी छ्न । पितृ सत्ता अंगाल्ने महिलाहरू पनि दोषी छ्न । विदेशी डलरले मात्रै नारिबाद बिउझाउने अघिपछि मौन रहिदिने प्रवृत्ति अभियान्तामा व्याप्त छ । न्यायको आन्दोलन, अधिकारका आन्दोलनहरू व्यक्तिको समाजको प्रतिष्ठाका आधारमा हुने प्रचलन छ । जसले गरिब, निमुखा, दलित, अल्पसंख्यक महिला हिंसामा पर्दापनि उनको पिडा सुनिदिने र बोलिदिने कमै छन् ।

महिला असुरक्षा र लैंगिक असमानताको कारण पुरुष मात्रै होइनन् । महिला भएर महिलाको निम्ति काम गर्ने मौका पाएका महिलाहरू पनि दोषी छ्न । पितृ सत्ता अंगाल्ने महिलाहरू पनि दोषी छ्न । विदेशी डलरले मात्रै नारिबाद बिउझाउने अघिपछि मौन रहिदिने प्रवृत्ति अभियान्तामा व्याप्त छ । न्यायको आन्दोलन, अधिकारका आन्दोलनहरू व्यक्तिको समाजको प्रतिष्ठाका आधारमा हुने प्रचलन छ । जसले गरिब, निमुखा, दलित, अल्पसंख्यक महिला हिंसामा पर्दापनि उनको पिडा सुनिदिने र बोलिदिने कमै छन् । महिलाको सुरक्षा, सम्मान र रोजगारको निम्ति गरिने आन्दोलनमा सम्पुर्ण समुदाय, वर्ग, जातका महिलाहरू र पुरुषहरुलाई आवद्ध बनाउँदै सचेत र सावधान बनाउनुपर्छ । ता कि उनिहरूले आफू तथा आफ्नो समाजमा घटने महिला हिँसाबारे निडर भएर बोल्न सकुन ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७४/७५ देखि ०७६/७७ सम्ममा महिला हिंसासम्बन्धी करिब ४४ हजार उजुरी प्रहरीमा दर्ता भए । बोक्सी आरोपका १ सय २८, छुवाछूतका ९१, बलात्कार प्रयासका २ हजार २ सय, बहुविवाहका २ हजार ४ सय ३७, बालविवाहका २ सय ९, गैरकानुनी गर्भपतनका ७४ र घरेलु हिंसाका ३८ हजार ७ सय ३७ वटा उजुरी दर्ता भएका छन् । बलात्कारसँगै निर्मम हत्या गरि, निर्मला पन्त, सम्झना बि.क, भागिरथी भट्ट सहित १७ जना चेलिको ज्यान गुमेको छ । महिला हिंसाका घटनाहरू कुन देशमा कम र कुन देशमा बढी घटे भनेर लैंगिक समानताको मापन गरिनु हुन्न । राज्यले महिला हिँसाका घटनाको नियन्त्रणमा विशेष चासो राख्नुपर्छ । नेपालमा महिला माथी अन्यायका घटना सार्वजनिक हुँदा महिला आन्दोलन तातिने अघिपछि मौन रहने गर्दा, आन्दोलनले पनि घटना कुरेर बसे झैँ हुन्छ । मार्च ८ को दिन महिला आधिकारकर्मी भएर कार्यक्रमको अथिती हुने तर अन्य दिन क्रुर र पतित हुने व्यक्तिहरू समाजमा धेरै छन् । यस्तो प्रवृत्ति विरुद्ध महिला आवाज बुलन्द हुनुपर्छ ।

महिला आन्दोलनको विषय सम्पुर्ण पुरुषहरुको बिषय पनि हो । सम्पुर्ण महिलाहरुको बिषय हो । सम्पुर्ण समाजका नागरिकहरुको बिषय हो । यसलाई पितृ सत्तात्मक सोचमा परिवर्तन ल्याउन प्रयोग गरिनुपर्छ । पितृ सत्ताको संरक्षणमा पुरुष जतिकै महिलाको पनि उतिकै भुमिका छ । पितृ सत्ताको सोचलाई त्यागेर मातृ सता बनाउनुपर्छ भन्ने हैन । यी सम्पुर्ण लिङ्ग भेद विभेदपूर्ण सत्ताको अन्त्य गरेर महिला र पुरुष समान हुन भन्ने आभाष हुने समतामुलक समाज निर्माणको क्रान्तिमा जुटनुपर्छ ।

महिलाहरूलाइ रोजगार तथा आर्थिक आम्दानीको क्षेत्रमा विशेष जोड दियो भने, अनिवार्य उच्च शिक्षा कायम गरियो भने केहि हदसम्म अपमान र हिंसाका घटना कम हुन पुग्छन् । महिला अधिकारको आन्दोलनमा महिलाहरूको मात्र नभई हरेक पुरुषको साथ, सहयोग र सहभागीता उत्तिकै हुनुपर्छ । महिला आन्दोलनको विषय सम्पुर्ण पुरुषहरुको बिषय पनि हो । सम्पुर्ण महिलाहरुको बिषय हो । सम्पुर्ण समाजका नागरिकहरुको बिषय हो । यसलाई पितृ सत्तात्मक सोचमा परिवर्तन ल्याउन प्रयोग गरिनुपर्छ । पितृ सत्ताको संरक्षणमा पुरुष जतिकै महिलाको पनि उतिकै भुमिका छ । पितृ सत्ताको सोचलाई त्यागेर मातृ सता बनाउनुपर्छ भन्ने हैन । यी सम्पुर्ण लिङ्ग भेद विभेदपूर्ण सत्ताको अन्त्य गरेर महिला र पुरुष समान हुन भन्ने आभाष हुने समतामुलक समाज निर्माणको क्रान्तिमा जुटनुपर्छ । महिलाको श्रम प्रतिको योगदानलाई सम्मान जोसुकै पुरुषले गर्नुपर्छ । उनिहरूलाई हर पुरुषले सुरक्षाको आभास गराउनुपर्छ ।समाजका सबै पुरुष बलात्कारी छैनन् तर महिलालाई बलात्कार गर्नेवाला सबै पुरुष नै हुन । पुरुषहरूको संस्कार, आचरण र महिलाप्रतिको दृष्टिकोण सकारात्मक हुनुपर्छ ।

नेपालमा ३३ प्रतिशतको आरक्षण र अधिकार प्राप्तिले अझै लैङ्गकि समानता कायम भएको छैन । महिला आन्दोलन यतिमै सिमित हुनु हुँदैन । पिती सत्ता, सामाजिक संस्कार, भेदिय दृष्टिकोण, महिला सौन्दर्यको व्यापार, हिंसा तथा अपराध, बलात्कारको निर्मुलनमा, समातामुलक समाज निर्माणमा महिला आन्दोलन केन्द्रित हुनुपर्छ । न्यायको कलम चलाएर, कानुनी जनचेतना दिएर, अपराध गर्नेलाई सजाय दिएर, न्यायको आवज बुलन्द गरेर, व्याबहारिक समाज निर्माण गरेर आवश्यक क्रान्तिको बाटो तयार पार्नुपर्छ ।

एसिड आक्रमणमा परेकी मुस्कान खातुन जसले आफू जस्तै एसिड आक्रमण तथा हिंसामा परेका महिलाहरूको न्यायको निम्ति लडदै आएकी छिन् । उनी जस्तै न्यायिक लडाई पीडित र पिडामा पर्ने महिलाहरू र पुरुषहरूले गर्नु जरुरी छ । तब मात्रै ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्धि नेपालको आधार’ भन्ने नारासहित नेपाल सरकारले मनाउन लागेको १११ औं अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को नाराले सार्थकता पाउँछ । सार्थक पार्ने हामी सबैको दायित्व हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु