प्रतिनिधिसभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित
२३ फागुन, काठमाडौं । सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरूको विरोधका कारण सभामुख सापकोटाले सूचना टाँसेर बैठक स्थगित गरेका हुन् ।
सरकारले प्रतिनिधि सभाको अधिवेशन आव्हान गरेसँगै सुरूवातमै नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कांग्रेसले संवैधानिक परिषद्सम्बन्धि अध्यादेशको विरोधमा रोष्टम घेराउ गर्दै नारावाजी गरेको थियो ।
असंवैधानिक ढङ्गबाट ल्याइएको संबैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दे प्रतिनिधिसभा बैठकमा काङ्ग्रेसले नाराबाजी गरेका थियो । विरोधका वावजुत पनि अध्यादेश ल्याउन खोज्दा कांग्रेस सासदहरूले आफ्नो आसनबाट उठेर रोस्टम घेराउ गरेपनि सभामुख सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
त्यसपछि पनि काङ्ग्रेस र जसपाका सांसदहरूले अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेपछि सभामुख सापकोटाले बुधबार २६ गते १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।