१७ श्रावण २०७८, आईतवार

प्रचण्ड-नेपाल पक्षद्वारा संसद बैठक बहिस्कार, काङ्ग्रेसद्वारा रोस्टम घेराऊ



२३ फागुन, काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गर्न खोज्दा प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले नाराबाजी गरेका छन ।

आइतबार अपरान्ह बैठकमा सरकारका तर्फबाट अध्यादेश पेश भएपछि तत्काल आपत्ति जनाउदै उनीहरूले रोस्टम घेरेपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

काङ्ग्रेस र जसपाका सांसदहरूले असंवैधानिक ढङ्गले ल्याइएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेका छन् ।

कांग्रेस सचेतक बालकृष्ण खाँणले असंवैधानिक अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका छन् । उक्त मागमा जसपाले पनि समर्थन गर्दै नाराबाजी गरेको छ ।

यसअघि नै नेकपाका प्रचण्ड–नेपाल पक्षधर सांसदले पनि संसद बैठक बहिस्कार गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु