२२ जेष्ठ २०८०, सोमबार

नेकपालाई फेरी अर्को झड्का : ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला



२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय उल्ट्याइदिएको सर्वोच्चको अर्को फैसलाले समग्र नेकपालाई नै ठुलो झट्का लागेको छ ।

राजनीतिक रूपमा दुई ध्रुवमा विभाजित नेकपाको आधिकारिकता कसले पाउने भन्ने सन्दर्भमा विवाद यथावत नै रहिरहेका बेला ओली–प्रचण्डले नेतृत्व गरेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले खारेज गरिदिएको हो ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वाेच्च अदालत स्रोतले जनाएको छ ।

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर निर्वाचन आयोगमा पेश गरेका थिए ।

त्यसलाई निर्वाचन आयोगले मान्यता दिएपछि आफ्नो पार्टीको नाम हुबहु राखिएको भएपनि त्यहि नाममा अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए । अन्ततः सर्वोच्चले ऋषि कट्टेलकै पक्षमा फैसला सुनाएको छ ।

दुई पक्षको विवादले पार्टीको अस्तित्वमै प्रश्न खडा भइरहेका बेला सर्वोच्चको फैसला नेकपाको थप टाउको दुखाइको विषय बन्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको